चिताएका धेरै काम पूर्ण हुनाले वर्षको शुभारम्भ सुखद रहनेछ। अध्ययनमा प्रगति हुनेछ भने विद्यार्थीहरूका लागि यो वर्ष विशेष फलदायी रहनेछ। नयाँ काम शुभारम्भ हुनुका साथै नोकरी एवं राजनीतिमा महत्वपूर्ण पद प्राप्त हुन सक्छ। उद्योग–व्यवसायमा राम्रो लाभ हुनेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेमसम्बन्धले पनि विवाहरूपी निकास पाउने योग छ। मनग्य धन आर्जन हुनेछ भने मान–सम्मान समेत पाइने वर्ष रहेको छ। साउन २२ पछि गृहभावमा बृहस्पतिको स्थानान्तरणले कामको बोझ बढाउन सक्छ। अडान लिने बानीले साझेदारीमा समस्या ल्याउनुका साथै पारिवारिक समस्या उत्पन्न हुन सक्छ। उच्च महत्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धिविवेकले काम लिन नसकिएला। नीतिनियमको पालना नहुँदा दुःख पाइनेछ। भ्रातृभावमा राहुको उपस्थितिले दाजुभाइसँग टाढिनुपर्ने स्थिति आए पनि आफ्ना काम–क्रियाकलापमा फाइदा हुनेछ। फागुन ५ गतेसम्म शत्रुभावमा रहने शनिको प्रभावले प्रतिस्पर्धा एवं मुद्दामामिलामा विजय दिलाउनेछ। बृहस्पतिको गतिले माघ र फागुन महिना विशेष उपलब्धिमूलक बन्नेछन्। फागुन ५ उप्रान्त स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। काली एवं वगलामुखी भगवतीको पूजा–आराधना गर्दा प्रतिकूल परिस्थितिबाट सुरक्षित भइनेछ। जेठ, असोज र माघ महिना बढी संघर्षशील रहनेछन् भने वैशाख, भदौ, मंसिर र चैत महिना आर्थिक एवं सामाजिक रूपमा फाइदाजनक रहनेछन्।
समग्रमा यस बर्ष ग्रह गोचर राम्रोछ । परिवारिक सुख नभएपनि व्यक्तिगत कार्यहरू सूचारु हुनेछन् । बर्षारम्भको द्वितीय गुरु, षष्ठ शनि अनुकूल भएकोले वाक्सिद्धिकासाथै शत्रुपारजय हुनेयोगछ । बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ । राज्यबाट सम्मान हुने,वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडीबढ्नेछन् । कूटनीतिक कार्यमा आफूलाई दक्ष सावित गर्दै राजनीतिमा वैदेशिक सहयोग हासिल गरी राज्यसत्तामा पुग्न सकिनेछ । भाग्यलाई भन्दा यस बर्ष कर्मलाई जोड दिनु वेशहोला । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । घर तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योगछ । चतुर्थ राहु र भाग्येश शनि छैटौँ भावमा भएकोले मित्र सुख नहुने, धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयता बर्षभरीनै अपनाउनु पर्ला । पेटमा शिकायत भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरीछ । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नुनै उचितहुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावनाछ । ठूलाव्य
टिप्पणियाँ
एक टिप्पणी भेजें