सीधे मुख्य सामग्री पर जाएं

जीवनफल , स्वभाव र चरित्र, प्रेम सम्बन्ध तथा राशिसँगको सम्बन्ध

मिथुन
मिथुन राशी
का कि कु घ ङ छ के को हा

जीवन फल

तपाई राम्रो दयालु हुनुहुन्छ । आफ्नो भरोसामा पर्ने नाथ अनाथ जस्तै व्यक्तिलाई जीवनमा अभीष्ट सिद्धिको सहायता गर्नुहुन्छ । तपाईको मनोहर प्रकृति, बोलि बचनबाट प्रभावित गर्ने, परिश्रमी पनि र तपाईको जीवन सीधा सादा सरल हुने, सुन्दरता इज्जतमा भरपूर रहनुहुन्छ । तपाईको पश्चिम दिशा हमेशा लाभदायी  । तपाई जीवनमा कठिन कार्य, मजदुरी पनी गर्नुहुन्छ भने तपाई आफ्नो कार्य व्यवहारमा अर्काको  भर पर्नुहुन्न । तपाईको हासो पूर्ण अनुहार, गदगद वाणि, तेजवुद्धि, दिमागी परशक्ति रहनेछ । चेहरा, टाउकोमा अथवा कुनै अंगमा जउ व तीलको चिन्ह भए त्यो भाग्यशाली चिन्ह होा । धनको कारोबार, लेनदेन आदि कार्यमा बहुत चतुर हुनुहुन्छ तर २५ प्रतिशत व्यक्तिमा दिएको धन फिर्ना नहुन सक्छ । कागज लेख्ने, छाप्ने विक्री  गर्ने, कपडा ब्रि्रेता, लेख्ने सामान कलम खाद्य पदार्थको व्यापार, तपाईका लागि लाभदायक छ ।
पेटको रोग, खुनको रोग, कब्जियत तथा कलेजो, छातीको अधिक गर्मीबाट खर्च हुनेछ । तपाईको व्यवसाय नेता, कवि, लेखक, वक्ता, ज्योतिषी चिकित्सक जस्ता लाभदायी र सफल छन् । नोकरी गर्नुभयो भने तपाईलाई हानी नै होला । झुटोकलंक आदिको सम्भव छ । सानो सानो कुरामा रिसाउने तपाईको बानि रहनेछ । कुनै काम गुप्त गर्नुपर्ने अथव विचारले गर्नुभयो भने पनि त्यो कुरो सबैको सामु प्रकट भइहाल्दछ । स्वामी बुध, शुद्रवर्णवायुतत्व, दिशोभाव सदा हुँदा सुन्दर स्वभाव पित्तप्रवृतिको हुनुहुन्छ । साहसी, उत्साही, चतुर, भाषण गर्न एवं लेख्ने कार्यमा बुद्धिबाट काम लिने दृढ प्रतिज्ञा एवं प्रतिष्ठवान व्यक्तित्व तपाईमा छ । धार्मिक कार्य सम्पन्न गर्न पनि तपाईलाइ शक्ति विद्यमान छ । धार्मिक कला कार्यमा पनि तपाईको ध्येय रहन्छ । ठुलाबाट सम्मान पाउनुहुनेछ तर रिसको पीडाले कुनै दिन अशक्त पनि हुनुपर्नेछ ।
महान पराक्रमी तथा कृपणि स्वभाव तपाईमा रहन्छ तर लाभ हुनेछ भने खुला दिलले खर्च गर्न पछि पर्नुहुन्न ।  मनको इच्छा भने पुरा हुनेछ तापनि सन्तोष त्यति हुनेछैन । मानसिक खेल प्रकट भैरहन्छ । पति पत्नीके सुख सुदृढ रहनेछ । सन्तानबाट सन्तोष कमै होला । तपाई सही ढंगले बुद्धिको जिज्ञासामा, जीवनको सीमासम्म पुग्नुसक्नु भयो भने पनि हमेशा सन्देह शंका, आशंका, दुविधा मनमा रहन्छ । हर प्रकारको कामकार्य पहिलै नै विचार गरि गर्ने, कारोबार, नोकरी, खानपान खर्च आम्दानीको विचार गरी कार्य गर्नु तपाईको गुण हो । दिसेम्बर महिना ११,१६,२६ र २८ तारिख र शनिबारका दिन हमेशा कष्टदायी छ । कृपया यस दिनमा सावधानीमै काम गर्नुहोला । सकेसम्म मिथुन, तुला, कुम्भराशिवालासँग दोस्ती गरे ज्यादा लाभ होला । तपाईको सहयोगी र मद्दत गर्नेहरु पछि हटे पनि परिआएको बखत डटेर काम गर्नेछन् र तपाईको वृद्धावस्था केही वर्षसुखपूर्वक बित्नेछ । मिथुन राशिको स्त्री भएमा प्रायः आफ्ना पतिको इसारामा काम गर्ने हुन्छिन् ।
तपाईको मिथुन राशि हुनाले र्सवसाधारणको दृष्टिकोण अनेक चमत्कार र अपूर्ण ज्ञानमा तपाईका जिज्ञासा रहन्छ । आफूले सुख दुःख, हानि, लाभ र जीवन मरणको चिन्ताले ग्रसित पनि हुनुहुन्छ । तपाई आफ्नो प्रभुत्व चलाउन इच्छुक हुनुहुन्छ । उत्तम ज्ञानले गर्दा बोल्ने क्षमता तपाईमा छ । प्रेमी बोली, प्रेमालु स्वभाव तपाईको छ । ग्रन्थको अध्ययन रचनामा कविता कलात्मक रुचि, सत्यको पक्ष गर्ने, सुन्दर स्वरुप तपाईको छ । स्त्री सुखको जिज्ञासा प्रवल छ  शरिर निर्वलियो भएपनि किन्तु पौरखको रुचि हुन्छ । सानो कुरालाई पनि ठूलो बनाई कुरा गर्ने आदत तपाईको छ । शत्रुबाट विजय प्राप्त गर्ने क्षमता तपाईमा छ । धन, सम्पन्न, उत्तम बुद्धि, अनाथको उपर दया गर्ने, उदार चित्त कीर्ति सम्पन्न समाजको प्यारो व्यक्ति  तपाई हुन हुनेछ  । प्रगति कार्यको नगद लेनदेनमा मिथुन राशि त्यति सफल  नहुन सक्छ तथा वादविवाद, चिकित्सक कर्म, एवं वुद्धिको विकासमा यो राशि बराबर सजक हुने हो । तपाईको स्वभाव सेवामा सहभागी हुन्छ । तपाईको राशि स्वामी ग्रह बुध हो  । जीवनमा शत्रुको चक्र पनि सामना गर्नुहुनेछ । कुने कष्ट पर्न सम्भव छ तर तपाईको आफ्नो वुद्धि र दिमागले सामना गर्नुहुनेछ । तपाईले विविध उपायका कल्पनाले समस्या समधान गर्नुहुनेछ ।

स्वभाव र चरित्र

मिथुन राशिको स्वामी वुध ग्रह हो । यो राशि वायु तत्व हो, यो राशिका नरनारीहरु कुरा गर्न चतुरा, हाउभाउले मित्रहरुलाइ अधीनमा गर्ने, कार्य कुशल केही पीर लिने र चाँडै रिसाउने, बोलेका कुरा ५ प्रतिशत नपुगने पनि हुन सक्छ । आन्तरिक कुरा बुझ्न  सिपालु, पहिचान गर्ने खालका हुन्छन् । समय परिस्थिति सम्झेर काम गर्ने त्यसै अनुरुप प्रयास गर्ने विशेषता यिनको हुन्छ । कसैलाई कुरा नबुझी विश्वास दिदैनन् । समाजमा राम्रो प्रभाव पार्ने, अर्काबाछ आफ्नु तारिफको इच्छा राख्ने, व्यवहारमा धेरै सफलता पाँउदछन् । यिनीहरु अत्यन्त कार्य कुशल हुन्छन् । तर आफुले भरोसा गर्नेको उपकार, परोपकार मौका हेरेर गर्दछन् । यिनीहरु आकर्ष बन्न र सिद्धान्तमा अडिग रहने हुन्छन् । असफलतादेखि कहिल्यै हार खाँदैनन् । आफ्नो योग्यतामा विश्वास राख्ने हुन्छन् । मित्र बनाउन र अर्कालाई प्रभावित गर्नमा एकदमै सिपालु हुन्छन् । तर जसरी पनि यसको लागि सफलता हासिल गर्न सक्ने हुन्छन् । उनीहरु जनताको सुधारक भएर बस्न चाहन्छन्

प्रेम सम्बन्ध

मिथुन राशिवालाको प्रेममा उत्ताउलोपना हुन्छ । पदभ्रष्ट, स्त्रीमा आशक्त , भ्रमणशील जस्तो स्थिति १० प्रतिशत व्यक्तिमा हुन्छ तर यिनीहरुलाई प्रेममा बाधा विरोध पनि आउन सक्नेछ । कुमारी युवतीसँग आकषिर्त हुन्छन् । कुरा गर्न सिपालु, कुरैले यिनीहरुलाई पागलकन्या कुशल क्षमता यिनमा रहन्छ । साथीलाई गुप्ति हुरा प्रकट गरिहाल्ने यिनको बानी हुनाले केही झमेल आइ लाग्नेछ । यिनीहरुमा धन सम्पत्ति र प्रेम दुवै समान वस्तु हुन् भन्ने भावना जागृत हुन्छ । यिनीहरु आफ्ना प्रेमका विषयमा मुरा गर्दा एकैचोटि आवेशमा पनि आउन सक्छन् । वृश्चिक राशि भएका व्यक्तिसँगको प्रेम त्यति राम्रो हुँदैन । एकापसमा इष्यापपूर्ण हुन्छ । तर सिंह राशि भएकाहरुसँगको प्रेम अविस्मरणीय, नाटकीय र रोमान्टिक हुन्छ । जसले गर्दा प्रदर्शनयुक्त हुन्छ । धनु राशि भएकाहरुसँगको प्रेम निकै दार्शनिक किसिमको हुन्छ । जसले प्रेममा अधिक सन्तुष्टी प्रदान गर्दछ ।

अन्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि

मिथनु राशिको मेष राशिसँग सम्बन्ध
मिथुनको मेष राशिसँगको सम्बन्ध प्रायः  हितकारी हुनेछ । मेष पुरुषसँग मिथुन स्त्रीको सम्बन्ध भएमा ठीक रहन्छ । मिथुन पुरुष मेष स्त्री भएमा सम्बन्ध राम्रो हुनेछैन । मषको मिथुन स्त्री भउमा गृहस्थ जीवन निर्वाह हुनेछ । यिनमा शारिरिक आकर्षण रहनेछ । व्यावहारिक निर्वाहको क्षमता हुनेछ । मेषप्रति मिथुन चिन्तित, व्यग्र र उदास रहनेछ । किन्तु मिथुनप्रति मेष राशिवाला बेफिकर, लागरवाही र स्वार्थी हुनेछ । यी सम्पर्क राशिको मिलन व्यापारी, साझेदारीमा लाभकारी हुनेछन् । आपसमा प्रतिद्धन्द्धि भएमा हानिकार हुनेछ । सहपाठी, सहयात्री, सहचरको रुपमा सम्बन्ध सफल हुनेछ ।
वृष राशि सँग
मिथुन राशिको वृषराशिसँगको सम्बन्धले प्रेम बढ्नेछ । हुन त दोस्रो र बाह्रौँ स्थानमा पर्ने हुँदा हानि बारम्बार पर्नेछ  तर मित्र, स्वामी भएकाले कठिनले समय पछि सहायक हुनेछ । एकबाजी यिनीको सम्बन्धमा उतार चढाव पनि हुनसक्छ । आखिर सुधार हुनेछ । दाम्पत्य जीवनको पक्षमा वृष र मिथुनको खरो हुनेछ । आर्थिक व्यवहार र व्यापारिक साझेदारी भएमा कटुता र खराब कामको जन्म हुनेछ । मित्रता गर्नका लागी भावनात्मक सन्तुलन रहनेछ । आजीवन सुदृढ सम्बन्ध रहनेछ ।
मिथुन राशि सँग
मिथुन राशिको मिथुन राशिसँगको सम्बन्ध सामान्य व्यवहार तथा सामान्य हुनेछ । भौतिक तथा इज्जत रहने नामको प्रचार गर्न दुवैजना जागरुक रहनेछन् । आपसमा अति नजकिको सम्बन्ध रहन्छ । पछिको उमेरसम्म एकबार विच्छेदको भय रहन्छ । सम्पन्नता तथा आकर्षणको मध्य उमेरसम्म मधुरता, प्रेम स्थिर रहनेछ । व्यापार आदि साझेदारीबाट  नजिकको सहकर्मीको रुपमा सफलता हुनेछ । आपसको ऋणको आदान प्रदान चाँहि ठीक हुनेछैन । बाबु छोराछोरीको रुपमा अथवा आमा छोरीको रुपमा टाढा रहनाले हितकारी हुनेछ ।
 कर्कट राशि सँग
मिथुन राशिको कर्कट राशिसँगको सम्बन्ध परस्पर सुन्दर देखिनेछ । एकको भरोसामा दोस्रो राशि पर्नाले जीवन निर्वाहसम्म होला । कर्कटको आम्दानी मिथुन राशिले खर्च अथिक गर्ने हुनाले मित्रता र साझेदारीको सम्बन्ध परस्परमा छुट हुन सक्नेछ । यदि कर्कटप्रति मिथुन राशि मानसिक रुमा उत्तेजित नरहेदेखि यिनको पारिवारिक तथा सामाजिक सम्बन्ध एक अर्काको लागि आदर्श बन्नेछ । संस्था, सोसाइटी, मिशिन, उद्योग व्यवसाय आदिको सञ्चालनमा मिथुन कर्कट दुवै मिलेदेखि सफलता हात लाग्नेछ । आपसमा मिली रुढिवादी, सामाजिक बन्धनलाई तोड्ने र बेलाइनमा लागि  परेर काम गर्ने काम गर्ने गर्नाले दुःख बेहोर्नुपर्नेछ ।
सिहं राशिसँग
मिथुन राशिको सिंहराशिसँगको सम्बन्ध वुद्धिमत्तापूर्ण हुनेछ । यिनीहरु अलग रहेमा पनि मिथुन राशिको सहयोगी सम्बन्ध सिंहका लागि सशक्त बन्नेछ । यिनीहरु एक अर्काको पर्याप्त सुधार र लाभ चाहन्छन् । परस्पर आलोचना गर्ने हुन्छन् । बिलासी प्रवृत्ति दुवैको हुनेछ । यिनको सम्बन्ध केवल बातचित, जान पहिचानमा मात्र सीमित नभएर विजनेस, साझेदारी भउमा पनि जीवन सुखमय बन्नेछ । नयाँ अनुभव स्थान वा कार्यको बारेमा पनि रुचि प्रकट गरेमा पनि सिंहप्रति मिथुनले आफ्नो कर्तव्य सम्झनेछ । विवाहित जीवन, आत्मीय, साहस, व्यापारिक पाटनर, सन्तान सुखका लागी मिथुन सिंहको युगल जोडी शुभकारी हुनेछ ।
कन्या राशि सँग
मिथुनको कन्या राशिसँगको सम्बन्ध अत्यधिक शुभ सम्बन्ध रहन्छ । यिनको शारिरिक सम्बन्धमा गोपनीयता रहेदेखि सन्तुष्ट हुनेछ । मिथुनको प्रयत्नमा कन्याको जीवन स्थायित्व हुनेछ । स्वास्थ सेवकार्य एवं जीवनमा सम्बन्धित र व्यसत कार्यक्रमको लागि आपसमा मिथुन कन्या प्रेरक तथा भरिपूर्ण सिद्ध हुनेछ । अन्यत्र कार्य आफु खुसीले आरम्भ गरे आपत्ति पर्ने, पूरा गर्न झमेला हुनेछ । पतिपत्नीका लागि सफल दाम्पत्य जीवन रहनेछ । यिनीहरु विचको प्रेमले पनि सफलता पाउनेछ । व्यापारिक साझेदारी कार्य पनि शुभ हुनेछ ।
तुला राशिसँग
मिथुन राशिको तुला राशिसँग मानसिकताको जोडी रहन्छ । यिनको सम्बन्ध नयाँ रुचिको हुन्छ । निर्माण गर्न तल्लीन र दीर्घजीवी हुनेछ । यिनको आत्मविश्वास आपसमा सुदृढ रहनेछ ।  परस्पर विवाहहेतु मिथुन तुलाको सम्बन्ध प्रभावकारी हुनेछ । तुलाबाट मिथुनको मनोबल बढ्नेछ  । मिथुनबाट तुलाको स्वतन्त्रता र मौलिकता मिल्नेछ । आपसी सद्व्यवहारमा नयाँ अनुभवको प्राप्ति हुनेछ । थोरै समयको लागि दुवैको विछोड हुन सक्छ । त्यस अवस्थामा दुवैलाई कमजोर असन्तोषको अनुभव हुनेछ । व्यापारको उद्येश्यमा मित्रता, साझेदारी राम्रो हुनेछ । कानूनी मामलामा मिथुन तलाको दुवै राशिलाई बाघ जस्तै छिन्नभिन्न गर्ने शक्ति प्राप्त हुनेछ । मिथुनको जीवन सुखी सम्पन्न हुनेछ ।
वृश्चिक राशि सँग
मिथुन राशिको वृश्चिक राशि सँग भावनात्म सम्बन्ध शुभ हुनेछैन ।  अध्यात्म सम्बन्ध चाँहि कर बलबाट सामान्य रहनेछ । इष्टमित्र वा घरको सदस्यबाट सम्बन्ध गरे पनि पछि अति अशुभस्थिति आउने भय रहन्छ । यिनको संयोगमा असन्तोष विचित्रता, विलक्षणको समावेश हुनेछ । वृश्चिकमाथि मिथुनको आत्मविश्वास हुनेछैन । यिनी दुवैको व्यावसायिक कार्यमा संर्घष चल्न सक्छ । साझेदारी व्यवसाय लाभदायी हुनेछैन  । गृह व्यवहार वा अन्य व्यवसाय कुनैमा शत्रु व्यवहार चल्नेछ । दावी र विरोध हमेशा रहनेछ । मौखिक विवादमा वावजुद मौलिक स्वतन्त्रता, नवीन शक्ति प्रदर्शन, वृश्चिक राशिवालासँग मिथुन राशिवाला समर्पित  हुनेपर्नेछ । यसकारण मिथुनले सावधानी हुनेपर्नेछ ।
धनु राशि सँग
मिथुन राशिको धनु राशिसँग आत्मीय सम्बन्ध मिल्नेछ । सम्पर्कमा एकअर्का उपर आकर्षण रहनेछ । आ आफ्नो मतानुसार दुवैमा ठूलो बन्ने चाहना रहन्छ । दुवैको बीचमा संधर्षो स्थिति आउनेछ । अन्त्यमा कुनै बचनबद्धताले स्थायी मित्र हुनेछन् । यिनीहरु दुवैको सुरक्षाको आन्तरिक भावना बलबान हुनेछ । धनुमाथि विश्वास गरे भने मिथुन राशि धनुसँग अकस्मात आकषिर्त हुनेछन् । यिनको सम्बन्धको निर्वाह धर्ैय राखेमा राम्रो हुनेछ ।  पतिपत्नीमा सम्बन्ध सुखदायी हुनेछ । व्यवसायिक, साझेदारीमा धनु राश्रि्रति मिथुन राशिवाला समर्पित  भएमा साझेदारीबाट  राम्रो व्यवहार चल्नेछ । न्यायलाई पालना गर्ने ध्येय यिनीहरुमा रहन्छ । विरोधीसँग लड्ने शक्ति यिनमा भरपुर हुन्छ ।
मकर राशि सँग
मकर राशिको मिथुसँग षडाष्टक पर्छ तापनि यिनको स्वामी मित्रभावमा पर्ने  हुँदा यी दुवै राशिवाला व्यक्तिहरुले आफ्नो स्वाभाव परस्पर नियन्त्रणमा राख्न सके राम्रो सम्बन्ध रहनेछ । तर यिनको सम्बन्ध समस्याको निराकरणमा सहायक हुनेछैन । यिनमा शासनका भावना त्यति हुनेछैन । पति पत्नीको रुपमा पारिवारिक जीवन अनुकुल त्यति हुनेछैन । हर प्रकारको सम्पन्नता रहेपनि गौरव तबरले काम गर्ने र गरिबहरुको दया गर्ने उपकार गर्ने आदत रहन्छ । आपसमा एक अर्काको आलोचना हुनेछैन । छ्रि्रा खोज्न अर्थात् परस्पर विवाद पनि हुनेछन् । मकरको अत्यन्त अनुदार तथा लापरवाह हुनेछ । अर्काको शासनमा नबस्ने र आफ्नै अडानमा रहनेछ ।
कुभ्म राशी सँग
मिथुन राशिको कुम्भसँग सम्बन्ध सुदृढ रहन्छ । यिनको यौवन  सम्बन्धमा स्थिरता र सन्तुष्टि स्थायी रहनेछ । कुम्भ राशिले मिथुनलाई सामाजिक सेवामा अभिरुचि उत्पन्न गराउनेछ र यथार्थ जीवनमा परिचित गराउनेछ  । दाम्पत्यजीवनको सम्बन्धमा सम्पर्कको जोडी लाभदायक छ । राम्रो नराम्रो उचनीच जे भए पनि पारिवारिक सम्बन्धमा यथास्थितिको निर्वाह हुनेछ । यिनको सम्पत्तिको वाँडफाँडबारे प्रश्न उठ्नेछ । केही विवाद हुन सक्छ । अरु कार्य, व्यवहार र प्रतिनिधित्वमा यी सम्पर्क राशिको सम्मान मर्यादाको सर्वोपरी हुनेछ । तदनुकुल आचरणमा गौरवान्वित हुनेछन् ।
मीन राशि सँग
मीन राशिको मिथुन राशिसँगको सम्बन्धले आर्थिक आधार सुदृढ रहनेछ । मिनराशि मिथुनको गुप्तकार्य कारवाहीमा गुप्तै राख्ने जानी नजानी गरेका गल्तीलाई पनि सच्याँइ, जायजी नजायजी वस्तुको ध्यान  दिई समाजसेवा, न्याय अन्याय छुट्याउन यी दुवै राशिवाला तप्पर रहनेछन् । यिनी दुवै राशिको समझदारी कुनै केही समयसम्म लाभदायी हुनेछ । मिथुनको बुद्धिमत्ता नीति हुन्छ । मीनको दोधारे हुन्छ । अतः मिथुन मीनको प्रतिद्धन्द्धीमा उनीहरुको मित्रता हुनेछ । फेरि मिथुनको साथ मिनको व्यवसायिक, भागीदारी कार्यारम्भ गर्नु राम्रो छैन । यसमा कुनै बखत सम्बन्धमा अवरोध आउनेछ । व्यावसायिक उद्येश्य अलग अलग रहने तर मिथुन मीनको मित्रता सम्मानबर्द्धक हुनेछ । यात्रामा रहन पनि कल्याणकारी हुनेछ

इस ब्लॉग से लोकप्रिय पोस्ट

२०७२ सालको बार्षिक राशि फल

समग्रमा यस बर्ष ग्रह गोचर राम्रोछ । परिवारिक सुख नभएपनि व्यक्तिगत कार्यहरू सूचारु हुनेछन् । बर्षारम्भको द्वितीय गुरु, षष्ठ शनि अनुकूल भएकोले वाक्सिद्धिकासाथै शत्रुपारजय हुनेयोगछ । बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ । राज्यबाट सम्मान हुने,वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडीबढ्नेछन् । कूटनीतिक कार्यमा आफूलाई दक्ष सावित गर्दै राजनीतिमा वैदेशिक सहयोग हासिल गरी राज्यसत्तामा पुग्न सकिनेछ । भाग्यलाई भन्दा यस बर्ष कर्मलाई जोड दिनु वेशहोला । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । घर तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योगछ । चतुर्थ राहु र भाग्येश शनि छैटौँ भावमा भएकोले मित्र सुख नहुने, धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयता बर्षभरीनै अपनाउनु पर्ला । पेटमा शिकायत भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरीछ । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नुनै उचितहुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावनाछ । ठूलाव्य

पुष २०८० मिथुन राशि को राशिफल

  यो महिनामा तपाईंलाई एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सवारी साधन खरिद गर्ने योजना बन्ला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्गे रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ  

मिथुन राशी

२०६६ साल » मिथुन राशी का कि कु घ ङ छ के को हा यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको आठौँ र केतुले दोस्रो स्थानको भ्रमण गर्दै आएको छ । त्यसकारण राहु र केतुका प्रभावले तपाई यदाकदा दुःखी हुनुपर्ला । चिन्तित हुनुपर्ला । केही कुराको नोक्सानी होला । रोगको शिकार पनि होला । चौँपाया नोक्सानीको सम्भावना छ । दुष्मनमाथि आफ्नो प्रभाव जमाइराख्नु राम्रो हुनेछ । बोलीमा रुखोपन आउला । स्वजनबाट पनि रुखो व्यवहार हुन जानेछ । धनको खर्चमा उदार बन्नुपर्ला । कार्त्तिक १८ गतेबाट राहु सातौँ र केतु जन्मराशिमा आउनाले तपाईको संगत कन्जुस मानिससँग होला । त्यसकारण गुणवान सज्जन मानिससँग संगत गर्नु राम्रो होला । ज्ञान समझदारीमा वृद्धि हुनेछ । परिवारमा कलह होला । अनियमित दिनचर्याले मानसिक चिन्ता उत्पन्न होला । समाज सेवा, मानव उपकारमा मन लगाउनाले बिग्रिएको काम बन्नेछ । भोग विलासमा रुचि होला । बृहस्पति ग्रह वैशाख ६ गतेबाट नवौँ स्थानमा जानाले धर्म भाग्यको वृद्धि होला । ठूला व्यक्तिलाई शक्ति देखाउने शक्ति आउला । बक्री अवधिभर समाज परिवारबाट अनाहकमा हतपत रहनुपर्ला । यात्रा, भ्रमण, खानपानमा मनोरञ्जन होला । साउन २४