मिथुन राशिको स्वामी वुध ग्रह हो । यो राशि वायु तत्व हो, यो राशिका नरनारीहरु कुरा गर्न चतुरा, हाउभाउले मित्रहरुलाइ अधीनमा गर्ने, कार्य कुशल केही पीर लिने र चाँडै रिसाउने, बोलेका कुरा ५ प्रतिशत नपुगने पनि हुन सक्छ । आन्तरिक कुरा बुझ्न सिपालु, पहिचान गर्ने खालका हुन्छन् । समय परिस्थिति सम्झेर काम गर्ने त्यसै अनुरुप प्रयास गर्ने विशेषता यिनको हुन्छ । कसैलाई कुरा नबुझी विश्वास दिदैनन् । समाजमा राम्रो प्रभाव पार्ने, अर्काबाछ आफ्नु तारिफको इच्छा राख्ने, व्यवहारमा धेरै सफलता पाँउदछन् । यिनीहरु अत्यन्त कार्य कुशल हुन्छन् । तर आफुले भरोसा गर्नेको उपकार, परोपकार मौका हेरेर गर्दछन् । यिनीहरु आकर्ष बन्न र सिद्धान्तमा अडिग रहने हुन्छन् । असफलतादेखि कहिल्यै हार खाँदैनन् । आफ्नो योग्यतामा विश्वास राख्ने हुन्छन् । मित्र बनाउन र अर्कालाई प्रभावित गर्नमा एकदमै सिपालु हुन्छन् । तर जसरी पनि यसको लागि सफलता हासिल गर्न सक्ने हुन्छन् । उनीहरु जनताको सुधारक भएर बस्न चाहन्छन् ।
समग्रमा यस बर्ष ग्रह गोचर राम्रोछ । परिवारिक सुख नभएपनि व्यक्तिगत कार्यहरू सूचारु हुनेछन् । बर्षारम्भको द्वितीय गुरु, षष्ठ शनि अनुकूल भएकोले वाक्सिद्धिकासाथै शत्रुपारजय हुनेयोगछ । बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ । राज्यबाट सम्मान हुने,वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडीबढ्नेछन् । कूटनीतिक कार्यमा आफूलाई दक्ष सावित गर्दै राजनीतिमा वैदेशिक सहयोग हासिल गरी राज्यसत्तामा पुग्न सकिनेछ । भाग्यलाई भन्दा यस बर्ष कर्मलाई जोड दिनु वेशहोला । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । घर तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योगछ । चतुर्थ राहु र भाग्येश शनि छैटौँ भावमा भएकोले मित्र सुख नहुने, धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयता बर्षभरीनै अपनाउनु पर्ला । पेटमा शिकायत भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरीछ । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नुनै उचितहुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावनाछ । ठूलाव्य...










टिप्पणियाँ
एक टिप्पणी भेजें