सीधे मुख्य सामग्री पर जाएं

स्वभाव र चरित्र

मिथुन राशिको स्वामी वुध ग्रह हो यो राशि वायु तत्व हो, यो राशिका नरनारीहरु कुरा गर्न चतुरा, हाउभाउले मित्रहरुलाइ अधीनमा गर्ने, कार्य कुशल केही पीर लिने चाँडै रिसाउने, बोलेका कुरा प्रतिशत नपुगने पनि हुन सक्छ आन्तरिक कुरा बुझ्न  सिपालु, पहिचान गर्ने खालका हुन्छन् समय परिस्थिति सम्झेर काम गर्ने त्यसै अनुरुप प्रयास गर्ने विशेषता यिनको हुन्छ कसैलाई कुरा नबुझी विश्वास दिदैनन् समाजमा राम्रो प्रभाव पार्ने, अर्काबाछ आफ्नु तारिफको इच्छा राख्ने, व्यवहारमा धेरै सफलता पाँउदछन् यिनीहरु अत्यन्त कार्य कुशल हुन्छन् तर आफुले भरोसा गर्नेको उपकार, परोपकार मौका हेरेर गर्दछन् यिनीहरु आकर्ष बन्न सिद्धान्तमा अडिग रहने हुन्छन् असफलतादेखि कहिल्यै हार खाँदैनन् आफ्नो योग्यतामा विश्वास राख्ने हुन्छन् मित्र बनाउन अर्कालाई प्रभावित गर्नमा एकदमै सिपालु हुन्छन् तर जसरी पनि यसको लागि सफलता हासिल गर्न सक्ने हुन्छन् उनीहरु जनताको सुधारक भएर बस्न चाहन्छन् 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

२०७२ सालको बार्षिक राशि फल

समग्रमा यस बर्ष ग्रह गोचर राम्रोछ । परिवारिक सुख नभएपनि व्यक्तिगत कार्यहरू सूचारु हुनेछन् । बर्षारम्भको द्वितीय गुरु, षष्ठ शनि अनुकूल भएकोले वाक्सिद्धिकासाथै शत्रुपारजय हुनेयोगछ । बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ । राज्यबाट सम्मान हुने,वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडीबढ्नेछन् । कूटनीतिक कार्यमा आफूलाई दक्ष सावित गर्दै राजनीतिमा वैदेशिक सहयोग हासिल गरी राज्यसत्तामा पुग्न सकिनेछ । भाग्यलाई भन्दा यस बर्ष कर्मलाई जोड दिनु वेशहोला । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । घर तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योगछ । चतुर्थ राहु र भाग्येश शनि छैटौँ भावमा भएकोले मित्र सुख नहुने, धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयता बर्षभरीनै अपनाउनु पर्ला । पेटमा शिकायत भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरीछ । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नुनै उचितहुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावनाछ । ठूलाव्य...

मिथुन राशि वार्षिक राशिफल २०८२

राशि: मिथुन (Gemini) | स्वामी: बुध ग्रह | रंग: हरियो | मूलांक: ५, ३ सामान्य वार्षिक फलः नमस्कार मिथुन राशिका साथीहरु! नेपाली संवत् २०८२ साल तपाईंको लागि परिवर्तन, नयाँ यात्रा, र व्यक्तिगत विकासको वर्ष हुनेछ। तपाईंको राशिका स्वामी बुध ग्रहको स्थिति अनुकूल रहनेछ, जसले तपाईंलाई बौद्धिक क्षमता, वाक्चातुर्य र नयाँ सिकाइमा सहयोग गर्नेछ। यो वर्ष तपाईंले सामाजिक रूपमा धेरै मान-सम्मान पाउनुहुनेछ। तर, ग्रहस्थितिको कारण केही अशान्ति र उतार-चढ़ावको अनुभव पनि हुन सक्छ। धैर्य र सूझ-बूझले काम लिनुहोला। यो वर्ष तपाईंको बहुमुखी प्रतिभा चम्कनेछ र धेरै नयाँ क्षेत्रहरुमा हात हाल्ने अवसर पाउनुहुनेछ। करियर र शिक्षाः करियरको दृष्टिले यो वर्ष मध्यम राम्रो रहनेछ। बुधको प्रभावले संचार, लेखन, मिडिया, र यातायात जस्ता क्षेत्रमा काम गर्नेहरुको लागि राम्रो अवसर आउनेछ। नौकरीमा स्थानान्तरण हुन सक्छ वा यात्रा बढ्न सक्छ। व्यवसायीहरुले नयाँ बजारमा पुग्ने र नयाँ ग्राहकसँग जोडिने मौका पाउनुहुनेछ। विद्यार्थीहरुको लागि competition मा सफलता मिल्नेछ, तर पढाइमा concentration बनाइराख्न चुनौती आउन सक्छ। आर्थिक स्थितिः आर्थिक मामि...

मिथुन राशी

२०६६ साल » मिथुन राशी का कि कु घ ङ छ के को हा यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको आठौँ र केतुले दोस्रो स्थानको भ्रमण गर्दै आएको छ । त्यसकारण राहु र केतुका प्रभावले तपाई यदाकदा दुःखी हुनुपर्ला । चिन्तित हुनुपर्ला । केही कुराको नोक्सानी होला । रोगको शिकार पनि होला । चौँपाया नोक्सानीको सम्भावना छ । दुष्मनमाथि आफ्नो प्रभाव जमाइराख्नु राम्रो हुनेछ । बोलीमा रुखोपन आउला । स्वजनबाट पनि रुखो व्यवहार हुन जानेछ । धनको खर्चमा उदार बन्नुपर्ला । कार्त्तिक १८ गतेबाट राहु सातौँ र केतु जन्मराशिमा आउनाले तपाईको संगत कन्जुस मानिससँग होला । त्यसकारण गुणवान सज्जन मानिससँग संगत गर्नु राम्रो होला । ज्ञान समझदारीमा वृद्धि हुनेछ । परिवारमा कलह होला । अनियमित दिनचर्याले मानसिक चिन्ता उत्पन्न होला । समाज सेवा, मानव उपकारमा मन लगाउनाले बिग्रिएको काम बन्नेछ । भोग विलासमा रुचि होला । बृहस्पति ग्रह वैशाख ६ गतेबाट नवौँ स्थानमा जानाले धर्म भाग्यको वृद्धि होला । ठूला व्यक्तिलाई शक्ति देखाउने शक्ति आउला । बक्री अवधिभर समाज परिवारबाट अनाहकमा हतपत रहनुपर्ला । यात्रा, भ्रमण, खानपानमा मनोरञ्जन होला । साउन २४...