सीधे मुख्य सामग्री पर जाएं

२०८० | वार्षिक राशिफल

 मिथुन राशिलाई यो वर्षको पूर्वार्ध उत्साहजनक र उपलब्धिमूलक हुनेछ। आयभावमा रहने बृहस्पति र राहुको प्रभावले आर्थिक उन्नतिको मार्ग प्रशस्त हुनेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। अध्ययनले नया“ गति लिनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनेछ। र, मिहिनेतले बलियो नोकरीका साथै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। केतुको प्रभावले सुरुमा स्वास्थ्यबाधा, अध्ययनमा अवरोध र सन्तानका बारेमा चिन्ता बढाउन सक्छ। वर्षको उत्तरार्धमा पारिवारिक समस्या बढ्ने, घरजग्गामा किचलो, साझेदारीमा विवाद, कृषि उत्पादन र पशुधनमा क्षय, सवारीसाधनमा नोक्सानी जस्ता समस्या पनि आउन सक्छन्। धर्म तथा भाग्य भावमा वर्षभरि शनिदेवको उपस्थिति रहनेछ। यसको प्रभावले रोग र शत्रुलाई प्रश्रय दिनुका साथै धार्मिक तथा सामाजिक क्रियाकलापमा बाधा, पारिवारिक मतभेद, साथीभाइ र बन्धुबान्धवसँग असमझदारी जस्ता उल्झन निम्त्याउने सम्भावना देखिन्छ। वर्षको उत्तरार्धमा कर्मभावमा जाने राहुले पनि कर्मक्षेत्रमा वादविवाद र उल्झन निम्त्याउन सक्छ। वर्षभरि बृहस्पतिको प्रभावले शुभकर्म गर्न प्रेरणा प्राप्त भइरहनेछ। भाग्यले मनमिल्ने प्रेमपात्र जुराउनुका साथै एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने बलियो सम्भावना छ। यही वर्ष सन्तानसुखको योग समेत रहेको छ। विद्यार्थीहरूमा लगनशीलता बढ्नेछ र अध्ययनले उचाइको बाटो समाउनेछ। विदेश ताक्नेहरूलाई यात्राको अवसर प्राप्त हुनेछ भने स्वदेश फर्किनेहरूलाई पनि नयाँ काम गर्ने उपयुक्त वातावरण रहनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। जन्मकुण्डलीमा पाप ग्रहहरू प्रतिकूल हुनेहरूका लागि सम्बद्ध ग्रहहरूको पूजा–अनष्ठान गर्दा राम्रो हुनेछ। राहु–केतुको प्रतिकूल प्रभावबाट मुक्त रहन वटुकभैरव र छिन्नमस्ता भगवतीकोको पूजा–आराधना गर्नुहोला। तुलनात्मक रूपमा जेठ, असार, असोज र माघ महिना अलि कष्टदायक रहनेछन् भने वैशाख, भदौ, मंसिर र चैत महिनामा विशेष अर्थलाभ हुनेछ।



उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

पुष २०८० मिथुन राशि को राशिफल

  यो महिनामा तपाईंलाई एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सवारी साधन खरिद गर्ने योजना बन्ला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्गे रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ  

२०७३ सालको बार्षिक राशि फल

चिताएका धेरै काम पूर्ण हुनाले वर्षको शुभारम्भ सुखद रहनेछ। अध्ययनमा प्रगति हुनेछ भने विद्यार्थीहरूका लागि यो वर्ष विशेष फलदायी रहनेछ। नयाँ काम शुभारम्भ हुनुका साथै नोकरी एवं राजनीतिमा महत्वपूर्ण पद प्राप्त हुन सक्छ। उद्योग–व्यवसायमा राम्रो लाभ हुनेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेमसम्बन्धले पनि विवाहरूपी निकास पाउने योग छ। मनग्य धन आर्जन हुनेछ भने मान–सम्मान समेत पाइने वर्ष रहेको छ। साउन २२ पछि गृहभावमा बृहस्पतिको स्थानान्तरणले कामको बोझ बढाउन सक्छ। अडान लिने बानीले साझेदारीमा समस्या ल्याउनुका साथै पारिवारिक समस्या उत्पन्न हुन सक्छ। उच्च महत्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धिविवेकले काम लिन नसकिएला। नीतिनियमको पालना नहुँदा दुःख पाइनेछ। भ्रातृभावमा राहुको उपस्थितिले दाजुभाइसँग टाढिनुपर्ने स्थिति आए पनि आफ्ना काम–क्रियाकलापमा फाइदा हुनेछ। फागुन ५ गतेसम्म शत्रुभावमा रहने शनिको प्रभावले प्रतिस्पर्धा एवं मुद्दामामिलामा विजय दिलाउनेछ। बृहस्पतिको गतिले माघ र फागुन महिना विशेष उपलब्धिमूलक बन्नेछन्। फागुन ५ उप्रान्त स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। काली एवं वगलामुखी भगवतीको पूजा–आर...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  मिहिनेत गर्दा उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। तर प्रतिस्पर्धीहरूले दुःख दिनेछन्, सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्ला। अरूका लागि उपयोग भइनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ। छ।