सीधे मुख्य सामग्री पर जाएं

संदेश

सितंबर, 2016 की पोस्ट दिखाई जा रही हैं

२०७३ सालको बार्षिक राशि फल

चिताएका धेरै काम पूर्ण हुनाले वर्षको शुभारम्भ सुखद रहनेछ। अध्ययनमा प्रगति हुनेछ भने विद्यार्थीहरूका लागि यो वर्ष विशेष फलदायी रहनेछ। नयाँ काम शुभारम्भ हुनुका साथै नोकरी एवं राजनीतिमा महत्वपूर्ण पद प्राप्त हुन सक्छ। उद्योग–व्यवसायमा राम्रो लाभ हुनेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेमसम्बन्धले पनि विवाहरूपी निकास पाउने योग छ। मनग्य धन आर्जन हुनेछ भने मान–सम्मान समेत पाइने वर्ष रहेको छ। साउन २२ पछि गृहभावमा बृहस्पतिको स्थानान्तरणले कामको बोझ बढाउन सक्छ। अडान लिने बानीले साझेदारीमा समस्या ल्याउनुका साथै पारिवारिक समस्या उत्पन्न हुन सक्छ। उच्च महत्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धिविवेकले काम लिन नसकिएला। नीतिनियमको पालना नहुँदा दुःख पाइनेछ। भ्रातृभावमा राहुको उपस्थितिले दाजुभाइसँग टाढिनुपर्ने स्थिति आए पनि आफ्ना काम–क्रियाकलापमा फाइदा हुनेछ। फागुन ५ गतेसम्म शत्रुभावमा रहने शनिको प्रभावले प्रतिस्पर्धा एवं मुद्दामामिलामा विजय दिलाउनेछ। बृहस्पतिको गतिले माघ र फागुन महिना विशेष उपलब्धिमूलक बन्नेछन्। फागुन ५ उप्रान्त स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। काली एवं वगलामुखी भगवतीको पूजा–आर