सीधे मुख्य सामग्री पर जाएं

मिथुन राशी

मिथुन
२०६६ साल » मिथुन राशी
का कि कु घ ङ छ के को हा
यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको आठौँ र केतुले दोस्रो स्थानको भ्रमण गर्दै आएको छ । त्यसकारण राहु र केतुका प्रभावले तपाई यदाकदा दुःखी हुनुपर्ला । चिन्तित हुनुपर्ला । केही कुराको नोक्सानी होला । रोगको शिकार पनि होला । चौँपाया नोक्सानीको सम्भावना छ । दुष्मनमाथि आफ्नो प्रभाव जमाइराख्नु राम्रो हुनेछ । बोलीमा रुखोपन आउला । स्वजनबाट पनि रुखो व्यवहार हुन जानेछ । धनको खर्चमा उदार बन्नुपर्ला ।

कार्त्तिक १८ गतेबाट राहु सातौँ र केतु जन्मराशिमा आउनाले तपाईको संगत कन्जुस मानिससँग होला । त्यसकारण गुणवान सज्जन मानिससँग संगत गर्नु राम्रो होला । ज्ञान समझदारीमा वृद्धि हुनेछ । परिवारमा कलह होला । अनियमित दिनचर्याले मानसिक चिन्ता उत्पन्न होला । समाज सेवा, मानव उपकारमा मन लगाउनाले बिग्रिएको काम बन्नेछ । भोग विलासमा रुचि होला ।

बृहस्पति ग्रह वैशाख ६ गतेबाट नवौँ स्थानमा जानाले धर्म भाग्यको वृद्धि होला । ठूला व्यक्तिलाई शक्ति देखाउने शक्ति आउला । बक्री अवधिभर समाज परिवारबाट अनाहकमा हतपत रहनुपर्ला । यात्रा, भ्रमण, खानपानमा मनोरञ्जन होला ।

साउन २४ गतेबाट मंसिर २९ गतेसम्म बक्री गुरु पुनः आठौँ स्थानमा जानाले तपाइलाई अशुभ फल देला । कहीँ पनि सुख शान्ति नहोला । बाहन दुर्घटना होला । शरिरमा घाउचोट लाग्न सक्ला । लिवरको खरावी हुनसक्ला । मंसिर २९ गतेबाट फेरि नवौँ स्थानमा जानाले अब भाइले केही साथ देला । अविवाहित कन्याको विवाह सम्भव होला । परिवारमा केही समस्या परे पनि धर्म भाग्य र र्स्वर्गको वृद्धि होला ।

श्नि ग्रहले तपाईको राशिको तेस्रो स्थानमा वैशाख र जेठ बक्री त्यसपछि मार्गी भएर यात्रा गर्नेछ । उचित सफलता पाउन इमान्दारीपूर्वक प्रयास गर्नुपर्ला । समस्याहरुको हल होला । आत्मविश्वास तथा सद्भावना बढ्ला । मानसिक शान्ति मिल्ला । व्यक्तित्वको विकास होला । मानसम्मानको प्राप्ति होला । नयाँ जनसँग सर्म्पर्क होला । मन प्रसन्न रहला । धनको लाभ होला । भाद्र २० बाट शनि चौथो स्थानमा जानाले त्यसपछि शनिका तर्फाट अढैया शनि सुरु होला । पारिवारिक वातावरणमा मानसिक पीडा होला । आर्थिक कारोबारबाट दिक्क हुनुपर्ला । मान यशको मर्यादा विफल होला । घरमा अशान्ति होला । दौडधूप चल्ला । थोरै लाभले चित्त बुझाउनु पर्ला । विद्यार्थीले सफलताका लागि अत्याधिक मेहनत गर्नुपर्नेछ । शरिरमा अधिक थकान होला । मंसिर महिनाबाट अढैया चौथो शनि बक्री फर्किनाले नयाँ मित्रवर्गको नयाँजनको भरोसा नहोला । वासनात्मक उत्तेजना बढ्ला । भाग्यको परिक्षा गर्न भनेर अनैतिक काम सहारा लिन राम्रो हुने छैन । साधारण पश्चिम दक्षिण दिशाको कार्यमा केही सफलता मिल्ला । आलस्य र लापरवाहीको परित्याग गर्नुपर्ला । बेरोजगारी समस्याको समाधान होला । गुरुजनको वास्तविक परामर्शले सफलता प्राप्त होला । 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

पुष २०८० मिथुन राशि को राशिफल

  यो महिनामा तपाईंलाई एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सवारी साधन खरिद गर्ने योजना बन्ला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्गे रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ  

२०७३ सालको बार्षिक राशि फल

चिताएका धेरै काम पूर्ण हुनाले वर्षको शुभारम्भ सुखद रहनेछ। अध्ययनमा प्रगति हुनेछ भने विद्यार्थीहरूका लागि यो वर्ष विशेष फलदायी रहनेछ। नयाँ काम शुभारम्भ हुनुका साथै नोकरी एवं राजनीतिमा महत्वपूर्ण पद प्राप्त हुन सक्छ। उद्योग–व्यवसायमा राम्रो लाभ हुनेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेमसम्बन्धले पनि विवाहरूपी निकास पाउने योग छ। मनग्य धन आर्जन हुनेछ भने मान–सम्मान समेत पाइने वर्ष रहेको छ। साउन २२ पछि गृहभावमा बृहस्पतिको स्थानान्तरणले कामको बोझ बढाउन सक्छ। अडान लिने बानीले साझेदारीमा समस्या ल्याउनुका साथै पारिवारिक समस्या उत्पन्न हुन सक्छ। उच्च महत्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धिविवेकले काम लिन नसकिएला। नीतिनियमको पालना नहुँदा दुःख पाइनेछ। भ्रातृभावमा राहुको उपस्थितिले दाजुभाइसँग टाढिनुपर्ने स्थिति आए पनि आफ्ना काम–क्रियाकलापमा फाइदा हुनेछ। फागुन ५ गतेसम्म शत्रुभावमा रहने शनिको प्रभावले प्रतिस्पर्धा एवं मुद्दामामिलामा विजय दिलाउनेछ। बृहस्पतिको गतिले माघ र फागुन महिना विशेष उपलब्धिमूलक बन्नेछन्। फागुन ५ उप्रान्त स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। काली एवं वगलामुखी भगवतीको पूजा–आर...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  मिहिनेत गर्दा उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। तर प्रतिस्पर्धीहरूले दुःख दिनेछन्, सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्ला। अरूका लागि उपयोग भइनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ। छ।