मिथनु राशिको मेष राशिसँग सम्बन्ध
मिथुनको मेष राशिसँगको सम्बन्ध प्रायः हितकारी हुनेछ । मेष पुरुषसँग मिथुन स्त्रीको सम्बन्ध भएमा ठीक रहन्छ । मिथुन पुरुष मेष स्त्री भएमा सम्बन्ध राम्रो हुनेछैन । मषको मिथुन स्त्री भउमा गृहस्थ जीवन निर्वाह हुनेछ । यिनमा शारिरिक आकर्षण रहनेछ । व्यावहारिक निर्वाहको क्षमता हुनेछ । मेषप्रति मिथुन चिन्तित, व्यग्र र उदास रहनेछ । किन्तु मिथुनप्रति मेष राशिवाला बेफिकर, लागरवाही र स्वार्थी हुनेछ । यी सम्पर्क राशिको मिलन व्यापारी, साझेदारीमा लाभकारी हुनेछन् । आपसमा प्रतिद्धन्द्धि भएमा हानिकार हुनेछ । सहपाठी, सहयात्री, सहचरको रुपमा सम्बन्ध सफल हुनेछ ।
वृष राशि सँग
मिथुन राशिको वृषराशिसँगको सम्बन्धले प्रेम बढ्नेछ । हुन त दोस्रो र बाह्रौँ स्थानमा पर्ने हुँदा हानि बारम्बार पर्नेछ तर मित्र, स्वामी भएकाले कठिनले समय पछि सहायक हुनेछ । एकबाजी यिनीको सम्बन्धमा उतार चढाव पनि हुनसक्छ । आखिर सुधार हुनेछ । दाम्पत्य जीवनको पक्षमा वृष र मिथुनको खरो हुनेछ । आर्थिक व्यवहार र व्यापारिक साझेदारी भएमा कटुता र खराब कामको जन्म हुनेछ । मित्रता गर्नका लागी भावनात्मक सन्तुलन रहनेछ । आजीवन सुदृढ सम्बन्ध रहनेछ ।
मिथुन राशि सँग
मिथुन राशिको मिथुन राशिसँगको सम्बन्ध सामान्य व्यवहार तथा सामान्य हुनेछ । भौतिक तथा इज्जत रहने नामको प्रचार गर्न दुवैजना जागरुक रहनेछन् । आपसमा अति नजकिको सम्बन्ध रहन्छ । पछिको उमेरसम्म एकबार विच्छेदको भय रहन्छ । सम्पन्नता तथा आकर्षणको मध्य उमेरसम्म मधुरता, प्रेम स्थिर रहनेछ । व्यापार आदि साझेदारीबाट नजिकको सहकर्मीको रुपमा सफलता हुनेछ । आपसको ऋणको आदान प्रदान चाँहि ठीक हुनेछैन । बाबु छोराछोरीको रुपमा अथवा आमा छोरीको रुपमा टाढा रहनाले हितकारी हुनेछ ।
कर्कट राशि सँग
मिथुन राशिको कर्कट राशिसँगको सम्बन्ध परस्पर सुन्दर देखिनेछ । एकको भरोसामा दोस्रो राशि पर्नाले जीवन निर्वाहसम्म होला । कर्कटको आम्दानी मिथुन राशिले खर्च अथिक गर्ने हुनाले मित्रता र साझेदारीको सम्बन्ध परस्परमा छुट हुन सक्नेछ । यदि कर्कटप्रति मिथुन राशि मानसिक रुमा उत्तेजित नरहेदेखि यिनको पारिवारिक तथा सामाजिक सम्बन्ध एक अर्काको लागि आदर्श बन्नेछ । संस्था, सोसाइटी, मिशिन, उद्योग व्यवसाय आदिको सञ्चालनमा मिथुन कर्कट दुवै मिलेदेखि सफलता हात लाग्नेछ । आपसमा मिली रुढिवादी, सामाजिक बन्धनलाई तोड्ने र बेलाइनमा लागि परेर काम गर्ने काम गर्ने गर्नाले दुःख बेहोर्नुपर्नेछ ।
सिहं राशिसँग
मिथुन राशिको सिंहराशिसँगको सम्बन्ध वुद्धिमत्तापूर्ण हुनेछ । यिनीहरु अलग रहेमा पनि मिथुन राशिको सहयोगी सम्बन्ध सिंहका लागि सशक्त बन्नेछ । यिनीहरु एक अर्काको पर्याप्त सुधार र लाभ चाहन्छन् । परस्पर आलोचना गर्ने हुन्छन् । बिलासी प्रवृत्ति दुवैको हुनेछ । यिनको सम्बन्ध केवल बातचित, जान पहिचानमा मात्र सीमित नभएर विजनेस, साझेदारी भउमा पनि जीवन सुखमय बन्नेछ । नयाँ अनुभव स्थान वा कार्यको बारेमा पनि रुचि प्रकट गरेमा पनि सिंहप्रति मिथुनले आफ्नो कर्तव्य सम्झनेछ । विवाहित जीवन, आत्मीय, साहस, व्यापारिक पाटनर, सन्तान सुखका लागी मिथुन सिंहको युगल जोडी शुभकारी हुनेछ ।
कन्या राशि सँग
मिथुनको कन्या राशिसँगको सम्बन्ध अत्यधिक शुभ सम्बन्ध रहन्छ । यिनको शारिरिक सम्बन्धमा गोपनीयता रहेदेखि सन्तुष्ट हुनेछ । मिथुनको प्रयत्नमा कन्याको जीवन स्थायित्व हुनेछ । स्वास्थ सेवकार्य एवं जीवनमा सम्बन्धित र व्यसत कार्यक्रमको लागि आपसमा मिथुन कन्या प्रेरक तथा भरिपूर्ण सिद्ध हुनेछ । अन्यत्र कार्य आफु खुसीले आरम्भ गरे आपत्ति पर्ने, पूरा गर्न झमेला हुनेछ । पतिपत्नीका लागि सफल दाम्पत्य जीवन रहनेछ । यिनीहरु विचको प्रेमले पनि सफलता पाउनेछ । व्यापारिक साझेदारी कार्य पनि शुभ हुनेछ ।
तुला राशिसँग
मिथुन राशिको तुला राशिसँग मानसिकताको जोडी रहन्छ । यिनको सम्बन्ध नयाँ रुचिको हुन्छ । निर्माण गर्न तल्लीन र दीर्घजीवी हुनेछ । यिनको आत्मविश्वास आपसमा सुदृढ रहनेछ । परस्पर विवाहहेतु मिथुन तुलाको सम्बन्ध प्रभावकारी हुनेछ । तुलाबाट मिथुनको मनोबल बढ्नेछ । मिथुनबाट तुलाको स्वतन्त्रता र मौलिकता मिल्नेछ । आपसी सद्व्यवहारमा नयाँ अनुभवको प्राप्ति हुनेछ । थोरै समयको लागि दुवैको विछोड हुन सक्छ । त्यस अवस्थामा दुवैलाई कमजोर असन्तोषको अनुभव हुनेछ । व्यापारको उद्येश्यमा मित्रता, साझेदारी राम्रो हुनेछ । कानूनी मामलामा मिथुन तलाको दुवै राशिलाई बाघ जस्तै छिन्नभिन्न गर्ने शक्ति प्राप्त हुनेछ । मिथुनको जीवन सुखी सम्पन्न हुनेछ ।
वृश्चिक राशि सँग
मिथुन राशिको वृश्चिक राशि सँग भावनात्म सम्बन्ध शुभ हुनेछैन । अध्यात्म सम्बन्ध चाँहि कर बलबाट सामान्य रहनेछ । इष्टमित्र वा घरको सदस्यबाट सम्बन्ध गरे पनि पछि अति अशुभस्थिति आउने भय रहन्छ । यिनको संयोगमा असन्तोष विचित्रता, विलक्षणको समावेश हुनेछ । वृश्चिकमाथि मिथुनको आत्मविश्वास हुनेछैन । यिनी दुवैको व्यावसायिक कार्यमा संर्घष चल्न सक्छ । साझेदारी व्यवसाय लाभदायी हुनेछैन । गृह व्यवहार वा अन्य व्यवसाय कुनैमा शत्रु व्यवहार चल्नेछ । दावी र विरोध हमेशा रहनेछ । मौखिक विवादमा वावजुद मौलिक स्वतन्त्रता, नवीन शक्ति प्रदर्शन, वृश्चिक राशिवालासँग मिथुन राशिवाला समर्पित हुनेपर्नेछ । यसकारण मिथुनले सावधानी हुनेपर्नेछ ।
धनु राशि सँग
मिथुन राशिको धनु राशिसँग आत्मीय सम्बन्ध मिल्नेछ । सम्पर्कमा एकअर्का उपर आकर्षण रहनेछ । आ आफ्नो मतानुसार दुवैमा ठूलो बन्ने चाहना रहन्छ । दुवैको बीचमा संधर्षो स्थिति आउनेछ । अन्त्यमा कुनै बचनबद्धताले स्थायी मित्र हुनेछन् । यिनीहरु दुवैको सुरक्षाको आन्तरिक भावना बलबान हुनेछ । धनुमाथि विश्वास गरे भने मिथुन राशि धनुसँग अकस्मात आकषिर्त हुनेछन् । यिनको सम्बन्धको निर्वाह धर्ैय राखेमा राम्रो हुनेछ । पतिपत्नीमा सम्बन्ध सुखदायी हुनेछ । व्यवसायिक, साझेदारीमा धनु राश्रि्रति मिथुन राशिवाला समर्पित भएमा साझेदारीबाट राम्रो व्यवहार चल्नेछ । न्यायलाई पालना गर्ने ध्येय यिनीहरुमा रहन्छ । विरोधीसँग लड्ने शक्ति यिनमा भरपुर हुन्छ ।
मकर राशि सँग
मकर राशिको मिथुसँग षडाष्टक पर्छ तापनि यिनको स्वामी मित्रभावमा पर्ने हुँदा यी दुवै राशिवाला व्यक्तिहरुले आफ्नो स्वाभाव परस्पर नियन्त्रणमा राख्न सके राम्रो सम्बन्ध रहनेछ । तर यिनको सम्बन्ध समस्याको निराकरणमा सहायक हुनेछैन । यिनमा शासनका भावना त्यति हुनेछैन । पति पत्नीको रुपमा पारिवारिक जीवन अनुकुल त्यति हुनेछैन । हर प्रकारको सम्पन्नता रहेपनि गौरव तबरले काम गर्ने र गरिबहरुको दया गर्ने उपकार गर्ने आदत रहन्छ । आपसमा एक अर्काको आलोचना हुनेछैन । छ्रि्रा खोज्न अर्थात् परस्पर विवाद पनि हुनेछन् । मकरको अत्यन्त अनुदार तथा लापरवाह हुनेछ । अर्काको शासनमा नबस्ने र आफ्नै अडानमा रहनेछ ।
कुभ्म राशी सँग
मिथुन राशिको कुम्भसँग सम्बन्ध सुदृढ रहन्छ । यिनको यौवन सम्बन्धमा स्थिरता र सन्तुष्टि स्थायी रहनेछ । कुम्भ राशिले मिथुनलाई सामाजिक सेवामा अभिरुचि उत्पन्न गराउनेछ र यथार्थ जीवनमा परिचित गराउनेछ । दाम्पत्यजीवनको सम्बन्धमा सम्पर्कको जोडी लाभदायक छ । राम्रो नराम्रो उचनीच जे भए पनि पारिवारिक सम्बन्धमा यथास्थितिको निर्वाह हुनेछ । यिनको सम्पत्तिको वाँडफाँडबारे प्रश्न उठ्नेछ । केही विवाद हुन सक्छ । अरु कार्य, व्यवहार र प्रतिनिधित्वमा यी सम्पर्क राशिको सम्मान मर्यादाको सर्वोपरी हुनेछ । तदनुकुल आचरणमा गौरवान्वित हुनेछन् ।
मीन राशि सँग
मीन राशिको मिथुन राशिसँगको सम्बन्धले आर्थिक आधार सुदृढ रहनेछ । मिनराशि मिथुनको गुप्तकार्य कारवाहीमा गुप्तै राख्ने जानी नजानी गरेका गल्तीलाई पनि सच्याँइ, जायजी नजायजी वस्तुको ध्यान दिई समाजसेवा, न्याय अन्याय छुट्याउन यी दुवै राशिवाला तप्पर रहनेछन् । यिनी दुवै राशिको समझदारी कुनै केही समयसम्म लाभदायी हुनेछ । मिथुनको बुद्धिमत्ता नीति हुन्छ । मीनको दोधारे हुन्छ । अतः मिथुन मीनको प्रतिद्धन्द्धीमा उनीहरुको मित्रता हुनेछ । फेरि मिथुनको साथ मिनको व्यवसायिक, भागीदारी कार्यारम्भ गर्नु राम्रो छैन । यसमा कुनै बखत सम्बन्धमा अवरोध आउनेछ । व्यावसायिक उद्येश्य अलग अलग रहने तर मिथुन मीनको मित्रता सम्मानबर्द्धक हुनेछ । यात्रामा रहन पनि कल्याणकारी हुनेछ
टिप्पणियाँ
एक टिप्पणी भेजें