सीधे मुख्य सामग्री पर जाएं

तपाइको चैत्र माहिनाको राशिफल


मिथुन
२०६६ साल » चैत्र महिना » मिथुन राशी
का कि कु घ ङ छ के को हा
यस महिनामा सूर्यले तपाईको राशिको तेस्रोस्थानको भ्रमण गर्दै हुनाले प्रसस्तै लाभ हुनुपर्ने हो । सम्पत्तिको लाभको योग छ । लक्ष्मीकृपा मिल्ला । सामाजिक प्रतिष्ठा बढ्ला । व्यापारमा सफलता मिल्ला । आफन्तले सक्दो मात्रामा सहयोग गर्लान् । भाइबन्धुबाट विछोड होला । तपाईमा अहंकार बढ्ला ।मंगल चौथो स्थानमा भएकोले तपाईलाई शत्रुबाधा पर्न सक्ला । व्यवसायमा सफलता सामान्य होला । स्थान भ्रष्ट हुन सक्ला । नोकरी छुट्न सक्ला । धनको अभावको पनि सम्भावना छ । बन्धुबाट दुःख होला । कामकाजमा मन जाला । रक्तचाप र पेटको रोगले दुःख देला ।७ गते पछाडि बुध चौथो स्थानमा जानाले मित्रसुख प्राप्त होला । देश विदेशको यात्राको सम्भावना छ । मान तथा यश बढ्ला । महिलाबाट अवश्य पनि सहयोग होला । काम सफल होला । केही शारिरिक अशान्तिका कारणले दैनिक जीवनमा पराधीन हुनुपर्ला । कुनै हल्का कामकाज सफल होला । अध्ययन, अध्यापनको काममा परिश्रम अनुसारको सफलता मिल्नेछ । परोपकारको कामले वा सामाजिक सेवाको कामले समाजमा सम्मान होला । आफन्तबाट पनि सहयोग मिल्ल सक्ला । मिठो बजचनले बिग्रिन लागेको काम पनि बन्ला । 

इस ब्लॉग से लोकप्रिय पोस्ट

मिथुन राशि वार्षिक राशिफल २०८२

राशि: मिथुन (Gemini) | स्वामी: बुध ग्रह | रंग: हरियो | मूलांक: ५, ३ सामान्य वार्षिक फलः नमस्कार मिथुन राशिका साथीहरु! नेपाली संवत् २०८२ साल तपाईंको लागि परिवर्तन, नयाँ यात्रा, र व्यक्तिगत विकासको वर्ष हुनेछ। तपाईंको राशिका स्वामी बुध ग्रहको स्थिति अनुकूल रहनेछ, जसले तपाईंलाई बौद्धिक क्षमता, वाक्चातुर्य र नयाँ सिकाइमा सहयोग गर्नेछ। यो वर्ष तपाईंले सामाजिक रूपमा धेरै मान-सम्मान पाउनुहुनेछ। तर, ग्रहस्थितिको कारण केही अशान्ति र उतार-चढ़ावको अनुभव पनि हुन सक्छ। धैर्य र सूझ-बूझले काम लिनुहोला। यो वर्ष तपाईंको बहुमुखी प्रतिभा चम्कनेछ र धेरै नयाँ क्षेत्रहरुमा हात हाल्ने अवसर पाउनुहुनेछ। करियर र शिक्षाः करियरको दृष्टिले यो वर्ष मध्यम राम्रो रहनेछ। बुधको प्रभावले संचार, लेखन, मिडिया, र यातायात जस्ता क्षेत्रमा काम गर्नेहरुको लागि राम्रो अवसर आउनेछ। नौकरीमा स्थानान्तरण हुन सक्छ वा यात्रा बढ्न सक्छ। व्यवसायीहरुले नयाँ बजारमा पुग्ने र नयाँ ग्राहकसँग जोडिने मौका पाउनुहुनेछ। विद्यार्थीहरुको लागि competition मा सफलता मिल्नेछ, तर पढाइमा concentration बनाइराख्न चुनौती आउन सक्छ। आर्थिक स्थितिः आर्थिक मामि...

२०७२ सालको बार्षिक राशि फल

समग्रमा यस बर्ष ग्रह गोचर राम्रोछ । परिवारिक सुख नभएपनि व्यक्तिगत कार्यहरू सूचारु हुनेछन् । बर्षारम्भको द्वितीय गुरु, षष्ठ शनि अनुकूल भएकोले वाक्सिद्धिकासाथै शत्रुपारजय हुनेयोगछ । बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ । राज्यबाट सम्मान हुने,वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडीबढ्नेछन् । कूटनीतिक कार्यमा आफूलाई दक्ष सावित गर्दै राजनीतिमा वैदेशिक सहयोग हासिल गरी राज्यसत्तामा पुग्न सकिनेछ । भाग्यलाई भन्दा यस बर्ष कर्मलाई जोड दिनु वेशहोला । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । घर तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योगछ । चतुर्थ राहु र भाग्येश शनि छैटौँ भावमा भएकोले मित्र सुख नहुने, धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयता बर्षभरीनै अपनाउनु पर्ला । पेटमा शिकायत भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरीछ । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नुनै उचितहुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावनाछ । ठूलाव्य...

२०७३ सालको बार्षिक राशि फल

चिताएका धेरै काम पूर्ण हुनाले वर्षको शुभारम्भ सुखद रहनेछ। अध्ययनमा प्रगति हुनेछ भने विद्यार्थीहरूका लागि यो वर्ष विशेष फलदायी रहनेछ। नयाँ काम शुभारम्भ हुनुका साथै नोकरी एवं राजनीतिमा महत्वपूर्ण पद प्राप्त हुन सक्छ। उद्योग–व्यवसायमा राम्रो लाभ हुनेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेमसम्बन्धले पनि विवाहरूपी निकास पाउने योग छ। मनग्य धन आर्जन हुनेछ भने मान–सम्मान समेत पाइने वर्ष रहेको छ। साउन २२ पछि गृहभावमा बृहस्पतिको स्थानान्तरणले कामको बोझ बढाउन सक्छ। अडान लिने बानीले साझेदारीमा समस्या ल्याउनुका साथै पारिवारिक समस्या उत्पन्न हुन सक्छ। उच्च महत्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धिविवेकले काम लिन नसकिएला। नीतिनियमको पालना नहुँदा दुःख पाइनेछ। भ्रातृभावमा राहुको उपस्थितिले दाजुभाइसँग टाढिनुपर्ने स्थिति आए पनि आफ्ना काम–क्रियाकलापमा फाइदा हुनेछ। फागुन ५ गतेसम्म शत्रुभावमा रहने शनिको प्रभावले प्रतिस्पर्धा एवं मुद्दामामिलामा विजय दिलाउनेछ। बृहस्पतिको गतिले माघ र फागुन महिना विशेष उपलब्धिमूलक बन्नेछन्। फागुन ५ उप्रान्त स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। काली एवं वगलामुखी भगवतीको पूजा–आर...